एमाले दाङकाे जनसंगठन समन्वय संयन्त्रको बैठक



नेकपा एमाले दाङकाे जनसंगठन समन्वय संयन्त्रको बैठक आज घाेराहीमा सम्पन्न भएको छ । बैठकले फागुन ५ गते पार्टीका श्रद्धेय अध्यक्ष एवम् सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलिकाे उपस्थितिमा हुने विशाल जनसभाका लागि कार्ययाेजना पास गरेकाे छ ।

नेकपा एमाले दाङका उपाध्यक्ष तथा संयन्त्रका संयाेजक मनाेहर बुढाथोकीको अध्यक्षता एवम् नेकपा एमालेका पाेलिटव्यूराे सदस्य नरूलाल चाैधरीकाे प्रमुख आतिथ्यमा बैठक भएकाे हाे ।

बैठकलाई सम्वाेधन गर्दै प्रमुख अतिथि चाैधरीले नेता जनपक्षीय र कार्यकर्तामा आधारित हुनुपर्ने भएकोले जनतालाई बुझाएर फागुन ५ काे सभा सफल बनाउन लाग्न जनसंगठनका प्रमुखहरूलाई निर्देशन दिनुभयाे । उहाले नेकपा एमालेले सञ्चालन गर्न थालेकाे जरा अभियानमा पार्टीको नीति विचार बुझाउदै सदस्यता बृद्धि,नवीकरण तथा मिसन ८४ काे आधार तयार पार्ने कार्यमा सवै नेता कर्ता परिचालित हुनुपर्ने बताउनुभयाे ।

त्यस्तै केन्द्रीय सदस्य जीवन गाैतमले पार्टिलाई सवै जनताको माझमा पूर्याउन टाेल टाेल वस्ति वस्तिमा पुगेर संगठन निर्माण गर्न निर्देशन दिनुभयाे । उहाँले आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीकाे उपस्थितिमा हुने विशाल जनसभामा उल्लेख जनताकाे उपस्थिति गराउन आवश्यक कार्ययाेजना बनाएर लाग्नुपर्ने बताउनुभयाे ।

नेपाल बुद्धिजीवी परिषदमा अध्यक्ष विकास गाैतमकाे स्वागत मन्तव्यबाट सुरू भएकाे बैठकमा पार्टीका उपाध्यक्ष तथा संयन्त्रका संयाेजक मनाेहर बुढाथोकीले जनसंगठनले फागुन ५ गतेकाे सभामा गर्नुपर्ने कामका वारेमा कार्ययाेजना प्रस्तुत गर्दै साेही अनुसार काम गर्न निर्देशन दिनुभयाे ।

साे अवसरमा नेकपा एमाले प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, पार्टीका जिल्ला अध्यक्ष शिवकुमार आचार्य, पार्टीका पूर्व अध्यक्ष तथा भूमि आयाेग दाङका अध्यक्ष हुकुम बहादुर वस्नेत, लगायतले पार्टीले सञ्चालन गर्न थालेकाे जरा अभियानका वारेमा जनसंगठनले खेल्ने भूमिकामा वारेमा जानकारी दिनुभएको थियाे ।

साे बैठकमा भूमि आयाेग दाङका अध्यक्ष हुकुम बहादुर वस्नेत, २०८१ सालभित्र जनसंगठनकाे अधिबेशन मार्फत चुनिएर आएका नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष गाेकर्ण वलि,अनेरास्ववियुका अध्यक्ष प्रदिप वस्नेत,प्रेस चाैतारीमा अध्यक्ष सुधासुमन ढकाल,उपाध्यक्ष विमल याेगी,सचिव निमुसंगम घर्ती,नेपाल राष्ट्रिय उद्योग व्यावसायि महासंघका अध्यक्ष नरेश राज भण्डारी सम्मान समेत गरिएको थियाे ।

बैठककाे सहजिकरण अनेरास्ववियु इञ्चार्ज माधव वलीले गर्नुभएको थियोे ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्