रेडक्रस दाङका पूर्व सभापति आचार्यकाे गाेली लागेर मृत्यु



दाङको तुलसीपुरमा गोली लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– ७ मोतिपुरका ८३ वर्षका नारायण कुमार आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो साढे २ बजेतिर आचार्यले आफुले आफैलाई गोली हानेर मृत्य भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आचार्य मोतिपुर स्थित घरको आफु सुत्ने कोठामा १२ बोर २ नाले बन्दुक(हतियार)ले छातिमा गोली लागेको अबस्थामा देखेपछि श्रीमति भगवती शर्मा(आचार्या)ले प्रहरीलाई खबर गर्नुभएको थियो । आचार्य रेडक्रस दाङका पूर्व सभापति हुनुहुन्छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्