पत्रकार निशान दाजु भट्टराईले आफ्नो जन्म दिनको अवसरमा रक्तदान गरेका छन। घोराही ७ सौडियार निबासी भट्टराईले आफ्नो जन्म दिनमा हरेक बर्ष रक्तदान गर्दै आएका छन ।
भट्टराई आईतबार ब्लड बैंक घोराहीमा पुगेर जन्म दिनमा रक्तदान गरेका हुन । जन्म दिनमा फजुल खर्च नगरेर सिर्जनात्मक र रचनात्मक कार्य गरेर पनि मनाउन सकिन्छ भन्ने शन्देश दिन आफुले जन्म दिनमा रक्तदान गरेको बताए ।
उनले आफुले दिएको रगत अस्पतालमा उपचारका लागि आउने गरिब, बिपन्न समुदायका ब्यक्तिलाई निशुल्क प्रदान गर्न ब्लड बैंक शाखालाइ अनुरोध गरेको जनाए ।
भट्टराई श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पनि हुन ।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार