दङ्गिशरणमा दुई दिने आधारभूत पत्रकारिता तालिम सुरु




प्रेस चाैतारी दङ्गिशरण गाउँ कमिटीको आयाेजनामा आज देखि दुई दिने आधारभुत पत्रकारिता तालिम दङ्गिशरणमा सुरु भएको छ ।

प्रेेस चाैतारी दङ्गिशरण गाउँ कमिटिका अध्यक्ष दिप्तिशिखा चाैधरीकाे अध्यक्षता तथा प्रेस चाैतारी नेपालीका सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज टीका बस्नेतकाे प्रमुख आतिथ्यता एंव वडा न. ५ का वडा अध्यक्ष निरज बस्नेतकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हाे ।

पत्रकारिता पेशामा आवद्ध हुन चाहने युवाहरुलाइ थप दक्ष र जिम्मेवार बनाउने उद्देश्यले तालिम सुरु गरिएको आयोजकले जनाएकाे छ।

कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि टीका बस्नेतले भन्नुभयाे -“पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो। आजको युगमा सूचनाको पहुँचले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। आधारभूत सीपसहितको पत्रकारिता अभ्यासले जनतालाई सही सूचना पुर्याउन सहयोग गर्छ।”

विशिष्ट अतिथि निरज बस्नेतले तालिमले स्थानिय युवाहरूलाई पत्रकारिता क्षेत्रमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
“स्थानीय तहमै यस्ता तालिमले सूचना उत्पादन र प्रवाहमा गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दछन्,” उँहाले भन्नुभयाे ।

जिल्ला कमिटी सचिवालय सदस्य संगित बस्यालले स्थानीय स्तरमा सञ्चारकर्मीहरूबीच आपसी सञ्जाल विस्तार, लेखनशैली सुधार र पत्रकारिताको नीतिगत पक्षबारे ज्ञान हुन जरुरी रहेकाे बताउनुभयो ।

जिल्ला कमिटी सदस्य भागिराम चौधरीले सहभागीहरूलाई प्रेरित गर्दै भन्नुभयाे, “पत्रकारिताको सुरुवात जिम्मेवारीको भावना र समाजप्रतिको प्रतिबद्धताबाट हुन्छ। यो तालिमले तपाईंहरूलाई आत्मविश्वास र आवश्यक सीप दिनेछ।”


कार्यक्रममा प्रेस चाैतारी दाङ जिल्ला अध्यक्ष सुधासुमन ढकालले भन्नुभयो -“पत्रकारिताको धर्म सत्य, तथ्य र निष्पक्षता हो। यो तालिमले संचारकर्मीहरूलाई व्यावसायिक मूल्य र मान्यता बुझ्न मद्दत पुर्‍याउनेछ। हामी चाहन्छौं कि गाउँस्तरबाटै सक्षम पत्रकारको विकास होस्।”

साे अवसरमा एमाले गाउँपलिका सचिव खुसिराम चाैधरी, गाउँ कमिटी सदस्य लाेक बहादुर खड्का, प्रेस चाैतारि दाङका सल्लाहकार तथा निवर्तमान अध्यक्ष प्रेम बहादुर राम्जा लगाएतकाे उपस्थिति रहेको थियो ।

तालिममा जिल्लाका विभिन्न वडाबाट आएका संचार क्षेत्रमा रुचि राख्ने युवा, विद्यार्थी र नव पत्रकारहरूको उपस्थिति रहेको छ। दुई दिन सम्म चल्ने  तालिममा समाचार लेखन, तथ्य जाँच, आचारसंहिता, सञ्चार माध्यमको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइनेछ। तालिममा प्रेस चाैतारीका प्रशिक्षकहरूले प्रशिक्षण दिने छन्। आज पहिलाे दिन पत्रकार टीका बस्नेतले पत्रकारिता र समाचार लेखनका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।

उद्घाटन कार्यक्रमकाे सहजिकरण प्रेेस चाैतारी दङ्गिशरण गाउँकमिटिका सदस्य अंकित आचार्यले गर्नु भएको थियाे । सहभागीहरूले तालिमपछि प्रमाणपत्र समेत प्राप्त गर्नेछन्। तालिममा १३ जनाकाे सहभागीता रहेको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्