दाङसहित देशका विभिन्न स्थानहरूमा चट्याङ सहित वर्षा, सतर्क रहन माैसमविदकाे आग्रह



आज बिहानैदेखि दाङसहित देशका विभिन्न स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले यस्तो मौसम बनेको हो।

विशेषगरी दाङ उपत्यका र देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ। आगामी तीन दिनसम्म यस्तै मौसम रहने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले चट्याङ, हावाहुरी र भारी वर्षाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सतर्क रहन, आवश्यक नपरेसम्म घरबाहिर ननिस्कन र मौसम अपडेट नियमित रूपमा हेर्न सुझाव दिएका छन्।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्