पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
शनिबार राति करिब ११:३० बजे दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदीको पुलबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
जिप पुलको रेलिङ तोडेर नदीमा खसेको थियो। दुर्घटनामा व्यास नगरपालिका–५ का कुशल मगर, प्रविन मगर र कुमार मगरको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन्। घाइते रौनिहारलाई दमौली अस्पतालमा प्रारम्भिक उपचारपछि पोखरा रिफर गरिएको छ भने चालक गुट्टाको दमौलीमै उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त जिपमा पाँच जना सवार थिए।
प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते आइतवार