१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दाङमा एक जना पक्राउ



गत १३ गते बिहान करिब १० बजेतिर चन्द्र मगरले बालिकालाई लोभ लालच देखाई धाकधम्की दिँदै आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पीडितकी काकीले सोही दिन दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको हो ।

जाहेरी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो । त्यसैअनुसार आरोपी मगरलाई सोही दिन साँझ ७ बजे आफ्नै घरबाट पक्राउ गरी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । आरोपीत चन्द्रलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्