तुलसीपुरमा अचार बनाउने १५ दिने तालिम सम्पन्न



तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा र सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहयोगमा १५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रममा केन्द्रका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा डिभिजन कार्यालय तुलसीपुरका प्रमुख  गिरिराज पाण्डेको प्रमुख अतिथ्यताामा  सम्पन्न भयो।

तालिममा तुलसीपुरका विभिन्न वडाबाट सहभागी ६२ महिलाहरूलाई अचार बनाउने सीप दिइएको थियो। तालिमकाे  प्रशिक्षकमा शुशिला थापा मगर  रहनु भएको थियाे ।

तालिमले महिलाहरूमा आत्मनिर्भर उद्यमशीलताको आत्मविश्वास विकास गराएको सहभागीहरूले प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा अतिथिहरूले तालिमले व्यवसायिक मार्ग देखाएको भन्दै सिकेको सीपलाई आम्दानीसँग जोड्न आग्रह गरे।

तुलसीपुर उद्योग वाणिज्य संघ, उपमहानगरपालिका र न्यायिक समितिले व्यवसायिक अचार उत्पादनका लागि सहयोगको प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्