
घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी ६६ वर्षीय पार्वती बुढाथोकीले आफ्नो छोरा विकास बुढाथोकीको चालिसौँ जन्मदिनको अवसरमा सामाजिक सेवामा समर्पित जय महाकाल युवा समूह घोराहीलाई खाद्यान्न र तरकारी सहयोग गर्नुभएको छ।
उहाँले तीन बोरा चामल, तरकारी र तेल समूहलाई हस्तान्तरण गर्नुभएको हो। जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई समाजसेवामा जोडेर प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएकी बुढाथोकीले मानव सेवाभन्दा ठूलो धर्म केही नहुने बताउनुभयो।
सहयोग सामग्री ” घाेराहि बनाओँ” अभियानका संयाेजक सविन प्रियासनमार्फत हस्तान्तरण गरिएको हो।
समूहले बुढाथोकीद्वारा प्रदान गरिएको सहयोगलाई सेवा कार्यमा प्रयोग गरिने जानकारी दिएको छ।
जय महाकाल युवा समूहले विपन्न, अशक्त तथा सडक मानवलाई लक्षित गरेर नियमितरूपमा खाना वितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
समाजसेवी बुढाथोकीको यस कार्यलाई समूहले उच्च सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको छ।

