राजाकाेट बहुउद्देश्यीय सहकारीले अचार बनाउने तालिम दियाे 



हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित अचार बनाउने आधारभूत तीन दिने तालिम बिहीबार सम्पन्न भएको छ।

शेयर सदस्यहरूको सीप विकास र आम्दानी अभिवृद्धि गर्ने उद्देश्यले भाद्र २ गतेदेखि ४ गतेसम्म सञ्चालित तालिमको समापन कार्यक्रममा सहकारीको शिक्षा उपसमितिकी संयोजक अञ्जना वि.क.को अध्यक्षता, दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्य र वडा नं. २ का अध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

तालिममा प्रशिक्षक लोकराज पन्तले मासुको अचार, च्याउको अचार, कागती अचार र मिक्स अचार बनाउन सिकाएका थिए। समापन सत्रमा सहकारीका अध्यक्ष विष्णु गौतम, उपाध्यक्ष चक्र मिलन वि.क., ऋण उपसमितिकी संयोजक यसोद्वा शर्मा लगायतले सहभागितामूलक उद्यमशीलतालाई प्रोत्साहित गर्ने विषयमा आफ्ना धारणा राखेका थिए।

तालिमपछि सहभागीहरूले सिकेका सीप प्रयोग गरी विभिन्न किसिमका अचार उत्पादन गर्ने, त्यसको प्याकेजिङ, लेबलिङ र बजार व्यवस्थापनमा सहकारीले सहजीकरण गर्ने संस्थाले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्