निजी विद्यालयकाे याेगदानकाे अवमूल्यन भयाे



निजी विद्यालयले शिक्षाकाे क्षेत्रमा पुर्‍याएकाे याेगदानकाे सरकारले अवमूल्यन गरेकाे एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । आज बुधबार दाङकाे घाेराहीमा निजी विद्यालयका छाता सङ्गठनहरूद्वारा आयाेजित खबरदारी सभालाई सम्बाेधन गर्दै वक्ताहरूले सरकारले निजी विद्यालयहरूकाे याेगदानकाे अवमूल्यन गरेकाे बताएका हुन् ।

विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयकाे हित विपरीत रहेकाे भन्दै प्याब्सन दाङ, एन प्याब्सन दाङ र हिसान दाङले संयुक्त रूपमा बिराेध र्‍याली तथा खबरदारी सभा सम्पन्न गरेका छन् ।

सभालाई सम्बाेधन गर्दै एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्माले निजी विद्यालयमाथि सरकारले न्याय दिन नसकेकाे बताउनुभयाे । शर्माले नेपालकाे शिक्षा क्षेत्रमा निजी विद्यालयकाे महत्त्वपूर्ण याेगदान रहेकाे बताउनुभयाे।

प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारीले खबरदारी सभालाई सम्बाेधन गर्दै निजी विद्यालयकाे याेगदानकाे अवमूल्यन भएकाे बताउनुभयाे । सरकारले निजी विद्यालयप्रति साैतेलाे व्यवहार गरेकाे उहाँको भनाइ थियाे ।

हिसान दाङका सचिव विष्णु देवकाेटाले सरकार ल्याउन थालेकाे विधेयक विभेदकारी रहेकाे बताउनुभयाे।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता भएकाे खबरदारी सभाकाे सहजीकरण सचिव आदिम केसीले गर्नु भएको थियाे ।

यसैबिच, प्याब्सन, एन प्याब्सन र हिसान दाङले संयुक्तरूपमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली काङ्ग्रेसका नेता गिरीले ज्ञापनपत्र बुझ्दै निजी विद्यालयका माग जायज रहेकाे बताउनुभयाे। निजी विद्यालयले राखेका माग सम्बाेधन गर्न आफू सकारात्मक रहेकाे नेता गिरीले बताउनुभयाे ।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्