निरज बस्नेतकी जीवनसाथी रिता बस्नेतको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम



नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका उपाध्यक्ष तथा दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  निरज बस्नेतकी जीवनसाथी रिता बस्नेतको १३औँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न  भएको छ।

कार्यक्रम नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका अध्यक्ष कमरेड बसन्त ओलीको अध्यक्षता तथा  नेकपा एमालेका  केन्द्रीय सदस्य  घनश्याम पाण्डेकाे विशिष्ट आतिथ्यता तथा नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओलीको प्रमुख आतिथ्यता श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा केन्द्रीय लेखा आयोगकी सदस्य सावित्रा विश्वकर्मा, नेकपा एमाले दाङ जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, दङ्गीशरण गाउँपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरीलगायतले दिवंगत रिता बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्मरण मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा दिवंगत रिता बस्नेतको जीवन र योगदानबारे उहाँका जीवनसाथी  निरज बस्नेतले भावुक अभिव्यक्ति दिँदै श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले स्व. बस्नेतको संघर्षशील, सहयोगी र समर्पित जीवनशैलीबारे प्रकाश पार्नुभयो।

श्रद्धाञ्जली कार्यक्रमकाे शहजिकरण नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका सचिव   खुसीराम चौधरीले  गर्नु भएको थियाे।

 

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्