
मसोट खोलाको पुल मर्मत सम्पन्न भएसँगै घोराही–लमही सडकखण्डमा आजदेखि ठूला सवारी साधन सञ्चालनमा आएका छन्।
सडक डिभिजन कार्यालय घोराहीका प्रमुख दिपेन्द्र बहादुर बिष्टका अनुसार बिहान ७ बजेदेखि ठूला सवारी साधन सञ्चालन गर्न दिइएको हो।
पुल मर्मतपछि यातायात सहज बनेको भए पनि अत्यधिक भार बोकेका सवारी साधनमा भने कडाइ गरिएको बिष्टले बताउनुभयाे ।
पुल जिर्ण बन्दै गएपछि मर्मतका लागि साउन २१ गते बिहान ७ बजेदेखि आज बिहान ७ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो।
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिवार

