केपी ‌ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि शपत हुने




राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।राष्ट्रपतिले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गर्नु भएको हाे ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री ओलीको शपथ सोमबार ११ बजे हुने तय गरिएको छ ।

ओली २०४८ सालबाटै संसदमा निर्वाचित हुँदै आएका ओली हाल झापा ५ का सांसद हुनुन्छ । उहाले २०६४ सालको संविधान सभा चुनाव बाहेक अन्य सबै जित्दै आउनुएकाे छ । ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री हुनुभएको थियाे भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुभएकाे थियाे।

त्यसपछि उहा २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभयाे । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभयाे । २०७१ सालको नवौं महाधिवेशपछि १० वर्षदेखि ओली एमालेको अध्यक्ष हुनुहुन्छ ।

चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको जनाईएकाे छ ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्