गुरुकुल एकेडेमी तुलसिपुरका विद्यार्थिहरु कस प्लेको भुमिका निर्वाह गर्दै आफ्नो प्रस्तुति देखाएका छन । उनिहरुले बार्षिक क्यालेन्डरमा रहेको तालिका अनुसार उक्त कार्यक्रम मार्फत आफ्नो प्रस्तुति देखाएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
विद्यार्थिहरुले समाजमा रहने बिभिन्न पेशागत पोसाक लगाई सोहि पेशाको भुमिका , बिभिन्न किरा आकारको पोसाक , फलफुल आकारको पोसाक पहिरीदै आफ्नो प्रस्तुति देखाएका हुन । उनिहरुले आफुले लगाएको बिभिन्न प्रोफेशनल पोसाकको बारेमा मञ्चमा गएर ब्याख्या समेत गरेका थिए । कार्यक्रममा सहभागि विद्यार्थिहरुले डाक्टरको भुमिकामा देखिन सेतो गाउन लगाएका थिए भने वकिलको भुमिकामा देखिन कालो कोट , अन्य किराहरुको आकारमा बनाइएका पोसाक तथा फलफुलहरुको आकारमा बनाइएका पोसाक लगाएका थिए ।
बालबालिकाहरुलाई आफ्नो समुदायमा रहेका पेशा ब्यबसाय साथ साथै आफ्नो बातावरणमा रहेका बिभिन्न जिव जन्तु तथा बोट बिरुवाहरुको जानकारी दिन यो कार्यक्रमको आयोजना गरीएको प्रधानाध्यापक गिरीले बताउनुभयो । गुरुकुल एकेडेमी तुलसिपुरका प्ले गु्रप देखि प्रि टु सम्मका ४२ जना विद्यार्थिहरु सहभागिता रहेको थियाे ।