
विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयकाे हित विपरीत रहेकाे भन्दै आन्दोलनरत निजी विद्यालयहरूले दाङ लगायत देशभर स्कुल बसकाे बिराेध र्याली निकालेका छन् ।
प्याब्सन दाङले पनि आज साेमबार दाङमा विभिन्न स्थानमा स्कुल बसकाे र्याली निकालेकाे छ ।
प्याब्सन दाङ अन्तर्गत दाङकाे घाेराही, तुलसीपुर, लमही, भालुबाङ र गढवा नगर कमिटीले स्कुल बसकाे र्याली निकालेका छन् ।
दाङका पाँच स्थानमा निकालिएका स्कुल बसकाे र्यालीले नगर परिक्रमा गरेका थिए ।
दाङका पाँच स्थानमा चार सय बढी स्कुल बसकाे र्यालीले नगर परिक्रमा गरेका थिए ।
प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार

