गृहमन्त्री रमेश लेखकको राजीनामा



गृहमन्त्री रमेश लेखकले  राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका छन् ।

देशव्यापी जेनजी प्रदर्शन हिंसात्मक बनेर १९ जनाको मृत्यु भएपछि घटनाप्रति नैतिक जिम्मेवारी लिँदै उनले पद छाडेका हुन् ।

यसअघि पार्टी बैठकमै लेखकले नैतिकताको आधारमा पदमा नबस्ने जानकारी गराइसकेका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्