हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र तुलसीपुर दाङमा रहेको राप्ती लाईफ केयर हस्पिटल प्रा.लि बिच अस्पतालका सेवामा छुट हुनेगरी सम्झौता भएको छ । आज एक कार्यक्रम गरी विशेष सेवा दिने प्रदान गर्ने गरि सम्झौता भएको हो ।
दंगीशरण गाउँपालिका वडा नं.२ मा संचालित बहुउद्धेश्यीय सहकारी सस्ंथा र लाईफ केयर बिच संस्थाको साधारणसभा, वार्षिकोत्सब र अन्य कार्यक्रममा आवश्यकता अनुसारको हेल्थ डेक्सको व्यवस्था र स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दा प्राविधिक सहयोग हस्पिटलले गर्ने गरी सम्झौता भएको हो । यस्तै सहकारीमा आवद्ध सदस्यहरुलाई छुट को ब्यवस्था हुने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस्तै प्रयोगशाला सेवा ल्याव सेवा १० प्रतीशत छुट, एक्स रे, भिडियो एक्स रे, ई.सी.जी, ईन्डोस्कपी, ईको १० प्रतीशत छुट, आई.सी.यू, एन आई सियू, एचडियू भर्ना, क्याविन सेवा १० प्रतीशत छुट, अप्रेसन सेवा ५ – १० प्रतीशत छुट, फार्मेसी (औंषधी ) ५ प्रतीशत छुट, एम्बुलेन्स सेवा १० प्रतीशत छुट लगाएतका सेवाहरुमा बिशेष छुट सहित सृवा दिने भएको छ ।
हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लि.की अध्यक्ष श्री विष्णु गौतमको अध्यक्षता एवम् दंगीशरण गाउँपालिका वडा न. २ का वडा अध्यक्ष डम्बर खत्रीको प्रमुख आतिथ्यता तथा राप्ती लाईफ केयर हस्पिटल प्रा.लि. का निर्देशक जीवन भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।