त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा लगातार आगलागीका घटना भइरहेका कारण र अन्य प्रतिकूल परिस्थितिले हवाई सुरक्षा खतरामुखी बनेपछि यस्तो निर्णय गरिएको हो।

आकाशमा रहेका जहाजलाई सुरक्षित अवतरण गराइएपछि बाँकी सबै उडान रद्द गर्दै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ। विमानस्थल परिसरलाई नेपाली सेनाले कडाइका साथ सुरक्षा दिएको छ।

 

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्