
दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँमा जुवातास खेल्दै गरेका सात जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कुबेर रेउलेको घरमा अबैध रूपमा जुवा खेलिरहेको सूचनाको आधारमा गएराति पौने १२ बजे छापा मार्दा तासका ५२ पत्ति र नगद ६६ हजार ५६० रुपैयाँसहित सात जना पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका अन्दाजी ५८ वर्षका कुबेर रेउले, समेही ठाँउका ३२ वर्षका डम्मर राज वली, अन्दाजी २८ वर्षका सन्दिप सुनार, अन्दाजी २४ वर्षका मनिष चन्द रहेका छन् ।
यस्तै तुलसीपुर– ३ कै अन्दाजी ३२ वर्षको टिकाराम केसी, अन्दाजी ३२ वर्षका अरुण कुमार चन्द र सोही ठाँउका अन्दाजी ३६ वर्षका अजय गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

