
नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेका कारण चार ठूला उद्योगको बिजुली लाइन काटेको छ।
आज बिहान ६:२० बजेदेखि ७ बजेसम्म घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को लाइन काटिएको हो।
यी उद्योगहरूले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल नतिरेका कारण प्राधिकरणले लाइन काटेको हो। जगदम्बा स्टीलले १ अर्ब ६० करोड, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी राखेका छन्।
२१ दिनको अल्टिमेटम सकिएपछि प्राधिकरणले उद्योगहरूको बिजुली लाइन काटेको जनाएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक ४ गते मङ्गलवार

