दाङमा अबैध सालकाे काठसहित दुई पक्राउ



दाङमा अबैध सालकाे काठ बरामद भएकाे छ । सालकाे काठसहित गढवा गाउँपालिका १ कालाकाटेका ३९ वर्षका बिकाश घर्तिमगर र राप्ती गाउँपालिका १ पाखापानीका ४३ वर्षका डिल्लीराज गिरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

कार्तिक ३ गते बिहान राप्ती गाउँपालिका–१ पुलचोकमा चेकजाँचका क्रममा रा.१ त २१२१ नम्बरकाे ट्र्याक्टरबाट १४ थान (३८.८७ क्युफिट) सालकाे चिरान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । बरामद काठकाे मूल्य करिब ४८ हजार ५८७ रुपैयाँ बराबरकाे रहेको छ ।

पक्राउ परेका व्यक्तिहरू, ट्र्याक्टर र बरामद काठसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्