
बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुली प्राङ्गनमा स्वर्गिय जग्गादाता धरणिधर चौधरीको सालिक अनावरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच शालिक अनावरण गरिएको हाे ।
बिधालय ब्यवस्थापन समितीका अध्यक्ष ओमनारायण चौधरीको अध्यक्षता एव दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा शिक्षा युवा तथा खेलकुद साखा प्रमुख बिनोद अधिकारी,सस्थापक ॠषिराज आचार्य र सस्थापक राम बहादुर कुवरको बिशिस्ट आथित्यतामा भएको थियो ।
बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलिले आयोजना गरेको बिधालयका सस्थापक स्व. धरणिधर चौधरीको प्रतिमा अनावरण जग्गादाता एबम सस्थापक सहयोगिलाइ संमान कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष गिरीले असल संस्कार नैतिक शिक्षाले मात्र सभ्य समाजको परिकल्पना गर्नसकिने बताउनुभयाे ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले स्व धरणिधर चौधरीले बिधालय र आमा स्मुदायमा पुर्याएको अतुलनिय योगदानको खुलेर प्रसम्सा गर्नुभयाे ।
बिधालयले सालिक अनावरणको अवसरमा बिधालयलाई विभिन्न माध्यमबाट सहयोग गर्ने जग्गादाता,सस्थापन सहयोगी,सस्थापन विशेष सहयोगीहरु मट्वा,सस्थापक परीवारका सदस्यहरू,र अन्य सहयोगीहरुलाइ सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेकोछ ।
जस अन्तर्गत जग्गा दाताहरुको तर्फबाट धरणिधर चौधरीकि श्रीमती पुर्णिमा चौधरी,पदमनाथ चौधरीका छोरा जनार्दन चौधरी,कबिराम चौधरीकी श्रीमती रङ्गबेली चौधरी ,आत्मादेव धिताल तथा पुष्करराज धिताल खड्गवीर चौधरी,सस्थापन सहयोगिहरु ॠशिराज आचार्य ,इन्द्रबहादुर बुढाथोकी,राम बहादुर कुवर, रामशरण चौधरी,भुखाली चौधरी,सस्थापन विशेष सहयोगिहरु मटवाको तर्फबाट बशु थारु,मानबहादुर थारु,कृष्ण थारु,स्व दोहन प्रसाद थारु,सोहनलाल थारु,स्व डम्बरलाल थारु,राजाराम चौधरी,सस्थापक परीवारका सदस्यहरुको तर्फबाट अशोक थारु,नारायण चौधरी,सरोज चौधरी,दुस्यन्त चौधरी, अन्य सहयोगिहरुको तर्फबाट स्व गोकर्ण शर्मा ,खुसल तर्ताल,गोबिन्द प्रसाद शर्मा अठाले,स्व डम्बर बहादुर पुन,दिपक आचार्य,मोहन कुमार चौधरी, र भागिराम चौधरीलाइ सम्मान पत्र सहित सम्मान गरिएको हो ।
सालिक अनावरण कार्यक्रममै स्वर्गीय धरणिधर चौधरीका छोरा सरोज चौधरीले आमा पुरुसोत्तमा देवी चौधरी र बुवा स्वर्गीय धरणिधर चौधरीको सम्झनामा १ लाखको अक्षकोषको घोषणा समेत गर्नुभयाे ।
कुल लागत २ लाख ८० हजार ९ सय ३६ रुपैमा स्वर्गीय समाजसेवी,जग्गादाता धरणीधर चौधरीको सालिक निर्माण गरिएको बिधालयका ब्यब्स्थापन समितीका सदस्य एबम सालिक निर्माण समितीका सयोजक गोबिन्द प्रसाद आचार्यले जानकारीदिनुभयाे ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बेदराज अधिकारी,पुर्व बिद्यार्थीको तर्फबाट दिपक आचार्य, पुर्व बिधालय ब्यबस्थापन समितीका अध्यक्ष मोहन चौधरी,थारु बुद्धिजीवी अशोक थारु,वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी,थारु बुद्धिजीवी सरोज चौधरी,वडा न ४ का वडा अध्यक्ष कमल थारु,बिधालयका प्रधानाध्यापक लक्ष्मण बस्नेत लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।
बिधालयका शिक्षक दिनेश रेग्मिको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक राजेन्द्र भट्टराईले गर्नु भएको थियाे।

