जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ



जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ - हरियाली नेपाल

दाङमा  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका १४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति ललाई फकाई सोही उपमहानगरपालिका १३ फुलबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्