
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता हुनेछ भने भोलि मतदान गरिनेछ ।
आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो प्रारम्भिक नामावली प्रकाशन, उजुरी तथा नाम फिर्ताको प्रक्रिया पूरा गरी बेलुका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
मतदानपछि मतगणना गरी निर्वाचन समितिले नतिजा घोषणा गर्नेछ । त्यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रम हुनेछ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन् ।
एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको हो । काठमाडौंकाे भृकुटीमण्डपमा बन्दसत्र भएको हाे ।

