
दाङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरीमा ३ हजार १६६ जनाले आवेदन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आवेदन दिनेमा १ हजार १४० महिला र २ हजार २६ जना पुरुष रहेका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन हुनेछ। माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिने छ।
निर्वाचन सुरक्षाका लागि दाङमा नेपाल प्रहरीले २ हजार ४१५ र सशस्त्र प्रहरीले ३०२ जना म्यादी प्रहरी छनोट गर्नेछ।
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रवार

