
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रहरी संगठनलाई इमान्दार, निष्पक्ष र जनमुखी ढंगले पूर्ण रूपमा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आयोजित निर्देशनात्मक कार्यक्रममा महानिरीक्षक कार्कीले मातहतका सबै प्रहरी युनिट तथा इन्चार्जहरूलाई निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी हुन नदिने गरी उच्च सतर्कता र जिम्मेवारीका साथ कार्य गर्न आग्रह गर्नुभयो।
उहाँले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय बनाउन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुनको पालना, मानवअधिकारको सम्मान र जनतासँगको समन्वयलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुखसहित जिल्लास्तरीय प्रहरी अधिकारीहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार

