तुलसीपुर क्षेत्रमा भोली शनिबार चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने



दाङको तुलसीपुर क्षेत्रमा भोली शनिबार करिब चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरण, तुलसीपुर वितरण केन्द्रका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ। तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत पर्ने अस्वारा र तुलसीपुर सबस्टेसन अन्तर्गतको ३३ केभी लाइन (हापुरे–अस्वारा–तुलसीपुर) मा मर्मत तथा सुधार (इन्कमर सिटी अपग्रेड) सम्बन्धी काम गर्नुपर्ने भएकाले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध गरिने भएको हो।
वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोका अनुसार सो अवधिमा तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण क्षेत्र तथा दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका केही स्थानमा विद्युत् सेवा प्रभावित हुनेछ।
काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सो समयभन्दा पहिले नै विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्