
काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोप लागेको छ। सो घटनापछि उनी एक महिनाभित्रै काठमाडौंको सीडीओ पदबाट बाहिरिएका थिए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई कारबाही सिफारिस गरेको थियो। सोही आधारमा यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्।
रिजालमाथि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुँदा कर्मचारी सरुवा–पोस्टिङमा अनियमितता गरेको र भ्रष्टाचारसम्बन्धी आरोपमा समेत अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार

