घोराही उपमहानगरपालिका अन्तरगत सुरक्षित आप्रवासन सामी शाखाको आयोजनामा आज घोराही क्षेत्रका स्वास्थ्यकर्मीहरूको लागि मनोसामाजिक परामर्शको बिषयमा अभिमुखिकरण गरिएको छ ।
उपमहानगरका नगरप्रमुख नरूलाल चोैधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै पालिकाका प्रशासकिय अधिकृत भोजराज घिमिरेले बैदेशिक रोजगारको पछिल्लो अवस्था, वैदेशिक रोजगार सम्बन्धी एेन, कानुन, नीतिगत व्यवस्थाहरूकोबारेमा जानकारी दिनु भएको थियो । यस्तै उहाले वैदेशिक रोजगारको बिषयमा स्थानिय पालिकाको काम, कर्तव्य र अधिकारको बिषयमा जानकारी गराउनु भएको थियो ।
यस्तै कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता बिनय महर्जनले मानसिक स्वास्थ्यको समग्र अवस्था, मानसिक स्वास्थ्य सम्वन्धी कानुनी तथा नितीगत व्यवस्था, मानसिक स्वास्थ्यका कारण बारेमा पनि जानकारी दिनु भएको थियो । उहाले मानसिक स्वास्थ्य सुधारको लागी स्वास्थकर्मीको भुमिका अहम हुने बताउनु भएको थियो
सामी कार्यक्रमकी सयोजक वसन्ती पुनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सामी फोकल पर्सन बासुदेव आचार्यले गर्नु भएको थियो ।