
जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने निर्णय गरेको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी सेवाहरू अब बिदाकै दिनमा पनि उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो।
बुद्ध जयन्ती (बैशाख पूर्णिमा), गणतन्त्र दिवस (जेठ १५), रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी लगायत विभिन्न सार्वजनिक बिदाका दिनमा पनि कार्यालय खुला रहनेछ। त्यस्तै उधौली पर्व, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्पो ल्होसार तथा ईदका अवसरमा समेत सेवा निरन्तर रहने जनाइएको छ।
प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार

