
के.वि वली
दाङ जिल्ला फोटोग्राफर एशोशियनको २४ औं स्थापना दिवशको अवसरमा तुलसीपुर शाखाले दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेकाे छ । दिवसको अवसरमा तुलसीपुरको बि.पि चोकमा मंगलबार साझ दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको हो।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अथिती जिल्ला फोटोग्राफर एशोशियसन,दाङका उपाध्यक्ष श्री नारायण वि.क. ले जिल्ला फोटोग्राफर एशोशियनले आज २४ औं स्थापना दिवश मनाइ रहदा यस् भित्र थुप्रै अवसर संग संगै चुनौती रहेको बताउनु भएको थियाे ।
आज २१ औ शताब्दीमा डिजिटल युगमा व्यवसायिक माथी शिप , क्षमता , ज्ञानको कमी गर्दा पनि आज व्यवसायी माथी असहज परिस्थिती श्रृजना भएको बताउदै अबका दिनमा यशोसियशनले सम्पूर्ण व्यवसायीहरुलाई एकरुपता गराउदै अहिलेको युगमा व्यवसायीहरुलाई अझ माथी उठाउनको लागि सिप परिक्षण, क्षमता अभिवृद्धी जस्ता तालिम संचालन गर्नुपर्ने बताउनुभयो । उहाले अहिले देशले भोक्नु परेको आर्थिक मन्दीका कारण पनि धेरै फोटो व्यवसायीहरु पलायन हुने अवस्था भएको बताउनुभयाे । देशमै व्यवसायी गर्ने भन्दा बाहीर जानेको ठुलो लहर चलेकाले अब यस क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रोत्साहन गर्न नयाँ कार्य योजना तथा निति निर्माण गर्न आवश्यक रहेको कुरामा जाेड दिनुभयाे ।
दाङ जिल्ला फोटोग्राफर यशोशियसन तुलसीपुर शाखाका अध्यक्ष कृष्ण जि.ए को अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर यशोशियसनका सदस्य पहल सिंह बुढा मगर , तुलसीपुर शाखाका उपाध्यक्ष मिनराज वली , सचीव ससिराम चौधरी , कोषाध्यक्ष हरि खड्का लगायत सदस्य हरुको सहभागी रहेको थियो ।
कार्यक्रमको सहजीकरण दाङ जिल्ला फोटोग्राफर यशोशियसन दाङका सचिव मिशन सुनार ले गर्नु भएको थियो ।

