प्रधानमन्त्री ओली द्वारा कोमल होटल एण्ड रिसोर्टको उद्‌घाटन



प्रधानमन्त्री केपी शर्मा ओलीले कोमल होटल एण्ड रिसोर्टको उद्‌घाटन गर्नुभएको छ । नेकपा एमालेकी नेतृ कोमल ओलीले तुलसीपुर ६ टरिगाउँमा संचालन गरेको अत्याधुनिक सुविधा सम्पन्न रिसोर्टको प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्नुभएको हो ।

नेकपा एमाले दाङले घोराहीमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्न दाङ आएको अवसरमा प्रधानमन्त्री ओली हेलिकप्टर मार्फत टरिगाउँ एयरपोर्टमा उत्रिएर कोमल रिसोर्ट उद्घाटन गर्न तुलसीपुर  पुग्नु भएको हाे।

३ करोड लगानीमा केही समय अघि मात्र रिसोर्ट संचालनमा आएको रिसाेर्टका  सिइओ नरेन्द्र वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्