स्वर्गद्धारी गुठी पीडितको आन्दोलन,४० जना घाइते



स्वर्गद्धारी गुठी पीडित किसान र प्रहरीबिच झडप हुदा ४० जना घाईते भएका छन । आईतबार दिउँसो संसद भवन हुदै माईतीघर मण्डलातर्फ आउँदै गरेको स्वर्गद्धारी गुठी पीडितको आन्दोलनलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा दुबै पक्ष बिच चाईना पुल नजिक झडप भएको हो ।

झडपमा परी किसानतर्फ ३० र सुरक्षाकर्मीका १० जना घाईते भएका छन् । यस्तै  १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दाङ ,घोराही उपमहानगरपालिका १४ झिगौराका लालबहादुर चौधरी,बिमला चौधरी,प्रविण चौधरीलाई पक्राउ गरेको छ।यस्तै पिमा चौधरी,सुनिता चौधरी,बिन्दु कुमाल,रमा चौधरी,रमेश चौधरी,भरत चौधरी,धनिराम चौधरी,शेरबहादुर चौधरी र बालकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरी काठमाडौ प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

पक्राउ परेका सबै घाईते अबस्थामा रहेका छन।सुरक्षाकर्मीतर्फ एकजना डिएसपी सहित केही प्रहरी जवान पनि घाईते भएका छन ।

स्वर्गद्धारी गुठी पीडित किसानलाई हलो,जुवा नारी जोत्ने आफूहरुको शान्ति पूर्ण कार्यक्रम माथी प्रहरीले हस्तक्षेप गरेको किसानहरुले बताएका छन ।

गत माघ २० गते देखि स्वर्गद्धारी गुठी पीडित एकसय जना किसानले काठमाडौको माईतीघर मण्डलामा बसी आन्दोलन गर्दै आएका हुन । चिसोका कारण अधिकासं किसान बिरामी अबस्थामा छन ।

घरबाट किसानले नुन,चामल,तेल सहितको खर्च बोकेर काठमाडौ गौशाला धर्मशालामा बसेरका किसानले एक महिना देखि आन्दोलनका कार्यक्रम निरन्तर गर्दै आएका छन ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्