दङ्गिशरणमा दलित तथा विपन्न वर्गहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु



दंगीशरण गाउँपालिका ७ नं. वडा कार्यालय श्रीगाउँमा दलित तथा विपन्न वर्गहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रमआज देखि सुरु भएको छ । वडा न ७ काे आयाेजना तथा ग्रिन फाउन्डेसन दाङकाे समन्वयमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हाे ।

दंगीशरण गाउँपालिका ७ नं.वडाकाे दलित महिला सदस्य श्री जापानी परियारकाे अध्यक्षता एवम् दंगीशरण गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत  कर्ण बहादुर नेपालीकाे प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका ७ नं.वडाकाे वडा अध्यक्ष रेशम बहादुर वलिकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम काे उद्घाटन गरिएको  हाे ।

कार्यक्रममा ग्रिन फाउन्डेसन दाङकाे अध्यक्ष विष्णु के.सी, सचिव  जित बहादुर खड्का, सदस्य गिता पाैडेल,दलित अगुवा धर्मराज परियार, त्रिलाेचन भण्डारी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

तालिमको पहिलो दिनकाे प्रशिक्षकमा सिएम विश्वकर्मा ,  दिपक परियार रहनु भएको थियाे ।

पहिलो दिनमा दलित समुदाय उधमशीलता विकासमा सहभागी हुने तरिका , व्यवसायिक याेजनाकाे महत्त्व लगाएतका विषयमा प्रशिक्षण दिइएकाे थियाे ।  तालिममा ३२ जनाकाे सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्