दाङमा ३ वर्षीया बालिका बलात्कृत

थप उपचारका लागि नेपालगञ्ज रिफर


अर्की १३ वर्षीया बालिका बलात्कृत

अर्घाखाँची घर भएर दाङस्थित मामा घर आएकी साढे ३ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको बबई गाउँपालिका–४ खयरभट्टीस्थित मामाघर आएकी ती बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बलात्कार गरेका थिए । पीडित बालिकाको नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । बलात्कारपछि किशोरले पीडित बालिकालाई मकैबारीको डिलबाट करिब ४५ मिटर तल धकेलिदिएका थिए। बालिकाको टाउकोमा चोटसमेत लागेको छ ।

घटना शनिबार दिउँसो २ बजेतिर भएको आफन्तले बताए पनि प्रहरीलाई भने बेलुका ८ बजे मात्रै सूचना आएको डिएसपी अर्यालले बताए। पीडित बालिकाको स्वास्थ्य चेकजाँच र प्रारम्भीक उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको हो। डिएसपी अर्यालका अनुसार पीडित बालिकाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्