तुलसीपुर उपमहानगरपालीकाले भोली ४३ औँ राष्ट्रिय पर्यटन दिवश मनाउँदै



तुलसीपुर उपमहानगरले ११ असोजमा राष्ट्रिय पर्यटन दिवस मनाउने « Pradesh Patra

तुलसीपुर उपमहानगरपालीकाले ४३ औँ राष्ट्रिय पर्यटन दिवश भब्यताका साथ मनाउँने भएको छ ।
भोली मंगलवार ११ गते राष्ट्रिय पर्यटन दिवश भब्यताका साथ मनाउँने भएको हो । तुलसीपुर उपमहानगरपालीका वडा न. ७ मा रहेको राप्ती शान्ती उद्मानमा भब्यताका साथ ४३ औँ राष्ट्रिय पर्यटन दिवश मनाउँने भएको छ । दिवशलाई भबयताका साथ मनाउँनका लागि बिभीन्न जातजातीको सांस्कृतीक झाँकि जुलुस सहितको ¥याली निकालीने भएको छ । दिवशका अवसरमा विभीन्न सांस्कृतीक पहिचान सहितका नृत्य प्रश्तुत गर्नुका साथै यातायात र होटेल ब्यवसायीलाई समेत सम्मान गरीनेछ । यस्तै नगर प्रमुख टिकाराम खड्काले दिवशलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभीन्न सघ सस्ंथा, सामुदायीक विधालय, महिला समुह, लगाएत पर्यटन पर्वद्धनमा लागि परेकाहरुलाई झाकि जुलुसमा सहभागिता जनाउँनका लागि नाम दर्ता गर्न आग्रह गर्दै तुलसीपुर नगरबासीहरुलाई कार्यक्रममा सहभागिता जनाउँनका लागि आग्रह समेत गर्नुभएको छ । विभीन्न सांस्कृती सहितका भाँकि जुलुस भोली विहान ११ बजे अरनीको मैदान बाट शुरु गरीने जनाइएको छ ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्