जिल्ला स्तरिय अन्तर बिधालय छात्र छात्रा फुटसल सुरु



दाङ जिल्ला अन्तर बिधालय स्तरिय छात्र छात्रा फुटसल प्रतियोगिता २०७९ आज देखि तुलसिपुरमा सुरु भएको छ ।
नेशनल प्याब्सन तुलसिपुर नगरको आयोजमा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिकाका प्रमुख टीका राम खड्काले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी खड्काले सिङ्गो खेलकुद क्षेत्र राष्ट्रको सान र गौरव भएको बताउनु भएको छ ।
स्वस्थ जिवनशैलिका लागि खेलकुद आजको आवश्यकता हो भने अन्तरास्ट्रिय स्तरमा राष्ट्रिय झन्डा फहराउदै राष्ट्रिय पहिचान कायम गर्ने एक मात्र दरिलो माध्यम खेलकुद नै भएको उहाँले बताउनु भयो । साथै उहाले यसको उच्च आदर्श लाई सबैले आत्मसाथ गर्नसके खेलकुदको बिकासले उचाई लिने बताउनुभयो ।
नेशनल प्याब्सन तुलसिपुर नगर कमिटीका उपाध्यक्ष सुमन केसिको स्वागत रहेको कार्यक्रममा नेशनल प्याब्सनका केन्दिय उपाध्यक्ष सुबोध कुमार डागी,तुलसिपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
नेशनल प्याब्सन तुलसिपुर नगरका अध्यक्ष शालिकराम कार्किको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न कला, संस्कृती झल्कने तृत्य प्रस्तुत गरिएको थियो । सो अबसरमा ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख पुष्प राज मल्ल,नेशनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्मा, जिल्ला अध्यक्ष बिमल गौतम, जिल्ला सचिब ठाकुर प्रसाद डागी,लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर बिक, रिपोर्टस नेपाल दाङका अध्यक्ष शरद रेग्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तुलसिपुर नगर सचिव मेघ राज पोख्रेल ले गर्नु भएको थियो ।
यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न पहिलो चरणको खेलमा छात्र तर्फको खेलमा ज्ञान ज्योती तुलसिपुर,मिडवयस्ट प्वाइन्ट एकाडेमि खैरेनी,शिखा बोर्डिङ स्कुल तुलसिपुर,लक्ष्य एकाडेमी तुलसिपुर,बाल सहारा तुलसिपुरले बिजयी यात्रा सुरु गरेका छन । प्रतियोगिता माघ ८ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्