वन र कृषि क्षेत्रका राम्रा पक्ष र चुनौतीको बारेमा छलफल

बजारीकरण र व्यवस्थापनमा स्थानीय सरकारले सहजीकरण गर्नुपर्नेमा जोड


No description available.

वन र कृषि संग जोडिएर धेरै आए आर्जनका कार्यहरु गर्न सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । वन कृषिका क्षेत्रमा लगानी गर्न सके उत्पादनमुखी बन्न सकिने भएपनि स्रोत र साधनका कमीले मान्छे ब्यवसायविहीन भएर बस्न बाध्य भएको उनीहरुको धारणा थियो । स्थानीय तहमा कृषिमा आधारीत निती निर्माण बने पनि कार्यान्वयन हुन नसकेको उनीहरुको भनाई थियो । वन तथा कृषि सहज कार्यक्रम अन्र्तगत आज सोमवार तुलसीपुरमा भएको वन तथा कृषि वहु – सरोकारवाला छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, स्थानीय किसानहरुलेले वन तथा कृषि क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न आग्रह गरेका छन् । उनिहरुले बन क्षेत्रबाट आम्दानी गर्ने माध्यम धेरै भएकाले व्यावसायमा जोडिन सक्ने बताएका छन् । त्यसैगरी किसानले उत्पादन गरेका सामान बजारीकरण गर्न समस्या भएको भन्दै यसको व्यवस्थापनमा स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन् ।

No description available.

नन्दिका स्वर्णकार सिस्नो पाउँडर उधौग ब्यवसाय संचालन गर्दै आएको बताउँनुभयो । सिस्नो पाउँडर उधौग संचालन भएपनि बजार नपाएको बताउँनुभयो । “अहिले समुहमा १२ जना छौँ । गाउँपालिकाले मेसीन दिएको छ । बत्ती नभएकाले पैसा उठाएर मेसीन चलाउँदै आएका छौँ ।”– उहाँले भन्नुभयो ।

No description available.
ढकिया ब्यवसायी शर्मा चौधरी ढकिया बाट पुर्ण रुपमा लाभ लिन नसकिने बताउँनुभयो । कच्चा पदार्थ पाउँन गाह्रो छ । बुन्न गाह्रो हुन्छ । जती हामी श्रम गर्छौँ उतीको मुल्य हुदैँन । यसले गर्दा ब्यवसाय उम्कन सकेको छैन । रुप बहादुर खत्री सिपलाई ब्यवसायीक बनाउँन बजारीकरणमा ध्यान दिनुपर्ने बताउँनुभयो ।

डिल्लीराज भण्डारी कृषकहरु वन बाट धेरै लाभ लिन सक्ने भएपनि त्यसको सदुपयोग गर्न नजानेका कारण समस्या भएको बताउनुभयो । वनमा झरेका पातबाट मल बनाउँन सकिने, सुगन्ध कोकिला, मालागिरीको खेती बाट पनि मनग्य आर्जन गर्न सकिने भएपनि उपलब्धि हासील गर्न सकिने विषयमा अनविज्ञ हुँदा समस्या भएको बताउँनुभयो ।

No description available.
टेकनाथ योगी वातावरण प्रदुशन कम गर्न र स्थानीय चिजलाई प्रवद्धन गर्न दुना टपरी उधम खोल्ने योजनामा रहेको बताउँनुभयो । यस्तै बाहीर बाट आउँने मलको भर नपरी किसानहरु कुहिएर जाने पदार्थबाट मल बनाउँनुपर्ने आजको आवश्यक्ता रहेको बताउँनुभयो ।

No description available.
सो अवसरमा वडा न. ६ का वडा अध्यक्ष दुजमान भण्डारीले सामुदायीक वन एफोनले अझै व्यापक तरिकाले वन वातावरण सम्बन्धि कार्यक्रम संचालन गर्नुपर्ने बताउँनुभयो ।

शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद वस्नेतले गाउँपालिकाका हरेक नागरीकहरुलाई उधमसंग जोड्नका लागि आफनो तर्फबाट सक्दो प्रयास गर्ने प्रतीवद्धता जनाउँनुभयो । उहाँले ग्रीन फाउण्डेसन र फेगोसंग सहकार्य गरि गाउँपालीकाको क्षेत्र अनुशार त्यहाँ उधमशिल कार्यक्रम संचालन गर्नका लागि तयार रहेको बताउँनुभयो ।

पारीवारीक निजी वनका केन्द्रिय अध्यक्ष जोगराज गीरीले वन र कृषिलाई ब्यवसायमा जोड्नुपर्ने आजको आवश्यक्ता भएको बताउँनुभयो । वनबाट आम्दानीका स्रोतहरु ध्ेरै भएकाले यसको संरक्षण गर्नुपर्ने बताउँनुभयो ।
वन उपभोक्ता महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले चार वर्षे रणनीतीक योजनालाई जेठ बाट कार्यक्रम संचालन गर्ने बताउँनुभयो ।

No description available.
त्यस अवसरमा तुलसीपुर उपमहानगरका निर्वतमान मेयर घनश्याम पाण्डेले जलबायु परिवर्तनले देशव्यापी चिन्ता थपिएको भन्दै यसको न्यूनिकरण गर्नको लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वन र कृषिको अन्तर सम्बन्धलाई एकै ठाउँमा जोडन्का लागि स्थानीय सरकारले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अथिति सोफीले बन र कृषिमा धेरै सम्भावना रहेकाले योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले यो कार्यक्रम तुलसीपुर क्षेत्रमा मात्र नभएर बिभिन्न जिल्ला सम्म पु¥याउन सके वन र कृषि क्षेत्रबाट पनि धेरै आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले उधमशिल योजना राम्रो बनाउँने, पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र संघले काम गर्नुपर्ने र उधमशिलतामा छलफल गरेर सिक्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

No description available.

कार्यक्रमका प्रमुख अतीथी तथा तुलसीपुर उपमहानगरपालीकाका मेयर टिकाराम खड्काले कृषि र वनलाई हरेक नागरीकसंग जोडेर आगामी दिनमा कार्यक्रम संचालन गरीने बताउँनुभयो । चुनौतीका बावजुत पनी कार्यक्रमलाई दिगो रुपमा संचालन गर्न आफु तत्पर रहेको बताउँनुभयो ।
ग्रिन फाउन्डेसन दाङका अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । फाउन्डेसनका कोषाध्यक्ष खुमप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिपक परियारले गर्नु भएको हो । ग्रिन फाउन्डेसन तुलसीपुरको आयोजनामा कार्यक्रम भएको हो ।

No description available.

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्