रूकुमको एक जंगलमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । रुकुम पूर्व भूमे गाउँपालिका ५ भेडाखर्क जंगलमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १० थान र बन्दुकको नाल १ थान आज सोमबार बिहान प्रहरीले बरामद गरेको जनाएको छ । उक्त जंगलमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व बाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको जनाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार