राप्ती बबई क्याम्पस अनेरास्ववियु अध्यक्षमा केवि वली



अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती बबई क्याम्पस तुलसीपुर दाङको २४औं अध्यक्षमा कोमल बहादुर वली (केवी) निर्वाचित हुनु भएको छ ।

आज बुधबार सम्पन्न  भएको अनेरास्ववियु राप्ती बबई क्याम्पसको २४औं  सम्मेलनबाट वली सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको हाे । यस्तै  उपाध्यक्षमा नवीन डाँगी, जनार्दन वली, सचिवमा मिना बस्नेत ,सह-सचिवमा अंकिता बस्नेत, गोकुल बस्नेत, बर्षा केसी, कोषाध्यक्षमा चिरण अधिकारी सहित २७ जनाको मुल इकाइ कमिटी गठन गरिएको छ ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि कोमल वलीले राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा फरक विचार राख्नसक्ने वैचारिक योद्धा जन्माउने एक मात्र संगठन अनेरास्ववियु रहेको बताउनु भयो । सबै भन्दा पुरानो र इतिहासको विरासत बोकेको विद्यार्थी आन्दोलनको अग्रपंक्ति संगठन अनेरास्ववियु भएको दाबी गर्दै उहाँले सम्पुर्ण विद्यार्थी र युवाहरूको एकरूपता भए मात्र समाज र राष्ट्रलाई परिवर्तन गर्न सकिने बताउनुभयो । पछिल्लो समय समाजिक संजालको दुरुपयोग गर्दै राजनीतिकलाई गलत अर्थ लगाउने प्रविधिले गर्दा अहिलेका युवा विद्यार्थीहरुमा निराशा पन मौलाई रहेको भन्दै त्यो तर्फ नलाग्न समेत विद्यार्थीलाई आग्रह गर्नुभयो ।

साे अवसरमा नेकपा एमालेका जिल्ला कमिटी सचिव सुर्य बहादुर डाँगी (श्याम), विद्यार्थी फाटका इन्चार्ज एवं. वडा नं.१८ का वडा अध्यक्ष माधव वली, अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष बिरवल खड्का, अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज   सर्जन परियार लगायतले बोल्नु भएको थियो ।

अनेरास्ववियु दाङ जिल्ला कमिटी अध्यक्ष एवं. राप्ती बबई क्याम्पसका निवर्तमान अध्यक्ष प्रदिप बस्नेतको  अध्यक्षतामा कार्यक्रम सम्पन्न  भएको हाे ।

कार्यक्रमको सहजीकरण कमल कडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्