जनप्रिय इङ्लिस स्कुलले गर्याे राष्ट्रिय खेलाडी सुजल डांंगिलाई सम्मान 



जनप्रिय इङ्लिस स्कुल बालापुरले एक बिधार्थिलाइ सम्मान गरेकाे छ ।  बिधालयका  छात्र सुजल डागीलाइ एक कार्यक्रमका बिच सम्मान गरेकाे हाे ।    दशरथ रङ्गशाला काठमाडौंमा सम्पन्न केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड जित हासिल  गरेकाे भन्दै सम्मान गरेकाे बिधालयले जनाएको  छ।

यही बैशाख १५ गतेदेखि १७ गतेसम्म सञ्चालित एथलेटिक्स खेल अन्तर्गत खेलाडी सुजलले १०० मिटर, २०० मिटर दाैडमा प्रथम हुँदै २ स्वर्णपदक साथै ४०० मिटरकाे रिले दाैडमा पनि १ स्वर्ण र १ रजत हात पार्न सफल भएका थिए। अाफ्नाे स्कुलमा अध्यनरत छात्रले  राष्ट्रिय कीर्तिमानी राखेकाे उपलक्ष्यमा विद्यालयले  उनलाई वालापुर वजार परिक्रमा गराउदै स्कुलकाे प्राङ्गणमा काेणसभा गरेर बधाई दिएकाे थियाे।

तुलसीपुर उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष एव कार्यक्रमका प्रमुख अतिथि  भिम बहादुर   याेगीले “याे विजय जनप्रिय स्कुलकाे मात्रै नभएर समग्रमा राष्ट्रकै विजय हाे|” भन्दै खेलाडीकाे चाैतर्फि बिकासका लागि अाफु सधैं सहयाेग गर्ने प्रतिवद्दता जनाउनु भएको  थियाे ।

कार्यक्रममा   बिधालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद याेगी र विद्यालयका प्राचार्य प्रकाशकुमार शर्माले खेलाडीलाई बधाई दिदै जुनसुकै कार्यमा सफलता प्राप्तिका लागि अनुशासन र धैर्यता नितान्त अावश्यक रहेको बताएका थिय ।

 कार्यक्रमकाे  सहजीकरण स्कुलका कार्यक्रम सह संयाेजक अङ्कित अाचार्यले गरेका थिए।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्