छोरीहरुको भविष्य चम्काउँन समृद्ध समाजले दियो पढाई खर्च



May be an image of 4 people and text

दंगीशरण गाउँपालिका विरेन्द्र मा.वि. कक्षा १० मा पढ्ने छात्रा मेनका चौधरी हातमा मुठाभरीको पैसाको मुठा लिदा फुरुंग भईन् । उसो त उनको हातमा त्यती धेरै पैसा कहिल्यै परेको थिएन । उनी खुसी पनी भईन । अलीकती भावुक पनि । पढाईमा मिहेनत गरेर मात्र नहुदो रहेछ पढ्नका लागि खर्च पनी चाहिदो रहेछ । उनको अनुहारले त्यस्तै बताउँदै थियो । पढाईमा लगनशिल मेनकाका घरमा आर्थीक अवस्था एकदमै कमजोर छ ।

बुढेसकाल लागिसकेका मेनकाका बुबा जेनतेन घरको काम गर्नुहुन्छ । आमा शारीरीक रुपले अशक्त भएका कारण काम गर्न निकै गाह्रो छ । पढाईमा सक्षम मेनका घरको कामकाजमा बाआमालाई सघाउँदै आएकि छिन । यसरी पढाई र कामकाजलाई संगसंगै लैजादा गाह्रो हुने गरेको उनले बताईन । कक्षा १० मा अध्ययनरत मनीसा एसइइ दिने तयारीमा छिन् । तर बेलाबेला उनलाई आर्थीक अवस्थाले झक्झक्याई रहन्छ ।

तस्वीर ः राजकुमारी चौधरी

May be an image of 2 people and text

नेदरल्यान का ईनेक कोरीस र विकास कोष नर्वेका नेपाल प्रतिनिधि श्री योगी कायस्थले उक्त सहयोग रकम संकलन गर्न पहल गरेका हुन् । यस रकमबाट केहि आर्यआर्जन गर्ने खालको ब्यवसाय गरि पढाईमा सहयोग पुगोस भन्ने उद्धेश्यले उनीहरुले सहयोगी कार्य गर्दै आएका छन् ।

May be an image of 12 people

रावतगाउँ को हरियाली समूहले एक कार्यक्रमका विच उक्त रकम प्रदान गरेको समृद्ध समाजका भिष्मा वि.सीले जानकारी दिनुभयो । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र समृद्ध समाज दंगीशरणका अध्यक्ष दिल कुमारी वि.क. ले संयुक्त रुपमा उक्त रकम प्रदान गर्नुभएको हो । पञ्चकन्या मूल समितिको अध्यक्ष श्री पार्वती कडेल को अध्यक्षतामा कार्यक्रम भएको हो ।

May be an image of 2 people and text that says 'THANK YOU VERY MUCH INEKE KROES MAM FOR SPONSORING MY STUDY! DheraidheraiDhanyabaad !! Goma Giri'

यस्तै दंगीशरण वा न. ६ भानु मा.वी. प्रसडुवामा अध्ययनरत एक छात्रालाई सहयोग स्वरुप रकम हस्तान्तरण गरिएको छ । कक्षा ८ मा अध्ययनरत गोमा गिरीलाई उक्त रकम सहयोग गरिएको हो ।
बुबा कमाउन भनी परदेश गई फर्केर नआएपछि आमा कमला गिरीलाई घरब्यवहार चलाउँन गाह्रो भएको थियो । आर्थीक अवस्था कमजोर भएपछि आमा लाई एक्लै घर चलाउँन छोरी पढाउँन गाह्रो भएको थियो । यो रकम बाट केहि ब्यवसाय हुने काम गरि पढाई खर्च जुटाउँनु पर्ला । छात्रा गोमाले भनीन् ।

प्रगति टोल समूहबाट रु १५ हजार ऋण माग गरी चिया नास्ता पसल संचालन गरि छोराछोरी घर खर्च धान्दै आएकि आमा कमलाले यो रकमबाट पसललाई बृद्धि गरि त्यहि मुनाफा बाट छोरी पढाउँने बताउँनुभयो । उहाँका ५ छोराछोरी मध्य जेठी छोरीले बिहे गरिसकेकि छिन । ३ छोरी र एक छोराले भने भानु मा.बि. प्रसडुवा मा पढ्दै छन् । दंगीशरण ६ जनविकाश मुल समितीले एक कार्यक्रमका विच उक्त सहयोगी रकम प्रदान गरेको हो ।

May be an image of 19 people and text

समृद्ध समाज दाङले दंगीशरणका दुई छात्राहरुलाई छात्रवृत्ति रकम प्रदान  गरेको  छ । समाजले विपन्न वर्गका दुई छोरीहरुलाई अध्ययनका लागि थप सहयोग होस् भन्ने उद्धेश्यले उक्त रकम सहयोग स्वरुप प्रदान गरेको हो ।

समृद्ध समाजले यस अघि विपन्न वर्गका ६ जना छात्राहरुलाई सहयोगी रकम प्रदान गरिसकेको समृद्ध समाजका शुसीला चौधरीले जानकारी दिनुभयो । समृद्ध समाजको यो समृद्ध कार्य समाजका लागि उदाहरणिय बन्दै गएको छ । छोरीहरुको भविष्य चम्काउँन समृद्ध समाजले थालेको यो अभियानले कैयौँ छोरीहरुको भविष्य निर्माणमा टेवा पुगिरहेको छ । समृद्ध बनाउँने अभियान सार्थक बनाउँदै समाजमा सहयोगी भावनाहरु बढाउँदै गएको छ ।

 

 

 

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्