प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बुधबार अपरान्ह पशुपति आर्यघाटमा दाहाललाई प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेणु र गंगा दाहालले दागबत्ती दिएका हुन् ।
त्यस्तै पशुपति आर्यघाटमा नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उहाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।
पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेर बहादुर देउवा, माधव कुमार नेपाल पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सीता दाहाललाई अन्तिम विदाई गर्न ठूलो संख्यामा शुभेच्छुकहरु पशुपति पुगेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको ६९ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रकाशित मिति : २०८० असार २७ गते बुधवार