घाँटी रेटिएको अवस्थामा सल्यानमा एक महिलाको शव फेला



महिलाको शव भेटियो – देशसञ्चार

सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी निवासी ३९ वर्षीय प्रमिला गिरी आज आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

आज बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजतलास गर्दैजादा मकैँबारीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्