स्वास्थ्यका लागि पोषणयुक्त खाना आजको आवश्यक्ता भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । स्वास्थ्यका लागि घरमै उत्पादित वस्तुलाई खाजा र खानाका रुपमा प्रयोग गर्नु उपयूक्त हुने कार्यक्रममा सहभागिहरुको भनाई थियो । निरोगि र तन्दुरुस्त हुनका लागि घरमा उत्पादित वस्तुबाट अनेक थरीको खाना तयार पार्न सकिने उनीहरुको धारणा थियो ।
खास गरी बच्चाहरुलाई चाउँचाउ, विस्कुट जस्ता चिजहरु खान नदिनु एकदम राम्रो हुने उनीहरुले बताए । अभिभावकले ध्यान नदिदा बच्चाहरु बजारकै खाना बढि खाने र सानै उमेरमा विभीन्न रोगबाट ग्रसीत भई औषधि सेवन गर्नुपर्ने बाध्यता आएको भन्दै चिन्ता ब्यक्त गरेका थिए । समृद्ध समाज दाङ ले मंगलवार दंगीशरण ६ श्रीगाउँमा आयोजना गरेको पोषणयूक्त खाना सुधारका लागि गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन् ।
विषेशगरी गर्भवती महिला, साना बालबालीकाहरु र बृद्धहरुलाई पोषणयूक्त खाना अनीवार्य खानुपर्ने उनीहरुले सुभाव दिए । कार्यक्रममा वडाका जनप्रतीनिधि, जनविकास मुल समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
समृद्ध समाजले पछिल्लो समय समाजलाई सुधार गर्न, हरेक नागरीकहरुको मानशीक्तामा परिवर्तन ल्याउँनका लागि पोषणयुक्त खाना कार्यक्रम संचालन गरेको छ । हरेक नागरीक बच्चा देखि बृद्धसम्म स्वस्थ हुनुपर्छ भन्दै यस प्रकारको कार्यक्रमको थालनी गरेको हो ।
सो अवसरमा भानु मा.वि. प्रसडुवामा अध्ययनरत छात्रा समिक्षा बुढाथोकिलाई पुरस्कार स्वरुप ४ हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो । उनी कक्षा आठमा अध्ययनरत छिन् । पढाईमा लगनशिल भएकै कारण उनलाई हौसला प्रदान गर्नका लागि पुरस्कार प्रदान गरिएको समृद्ध समाज दाङ भिस्मा वि.सी.ले जानकारी दिनुभयो । यस अघि समृद्ध समाजले समिक्षालाई २५ हजार छात्रबृत्ती प्रदान गरेको थियो । समिक्षा लाली गुँरास समुहका सदस्य ढाका बुढाथोकिकि छोरी हुन ।
कार्यक्रमका प्रमुख अतीथी वडा न. ६ का वडा अध्यक्ष रोसनजंग शाहले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।