राष्ट्रियसभाको बैठक आउँदो भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । भोलि बुधवार बस्ने तय भएको बैठक विशेष कारणवश स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले सूचना टाँसेर राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते मङ्गलवार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ ।
यस्तै प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । हिजो सोमवार पनि नेकपा एमालेका सांसदले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार