नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई बलियो राष्ट्रिय शक्तिको आवश्यक रहेको बताउनु भएको छ । राजनितिक अस्थितरता जटिल मोडमा रहेको उल्लेख गर्दै देश विकासको लागि बलियो शक्तिको आवश्यक रहेको बताउनुभयो । गठबन्धनको सरकार देश बनाउन भन्दा पनि बेच्नमा केन्द्रित रहेको भन्देै देशको अर्थतन्त्र लाई बलियो बनाउने सार्मथ्य नेकपा एमाले संग रहेको बताउनुभयो । आइतबार प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएकाे हाे ।
कार्यक्रममा बोल्दै उहाँले ईतिहासमा कमजोर सरकारबाट जनतामा निराशा मात्रै छाएको भन्दै गठबन्धन सरकारको कमी कमजोरी बारे चर्चा गर्नु पर्ने विषय नै नभएकाे उल्लेख गर्नुभयाे। सरकारकै कमजोरीका कारण देशमा लगानीको वातावरण समेत नभएको भन्दै गठबन्धन काे सरकार बनेपछि नेपालकाे इतिहासमै याे वर्ष नेपाली युवाहरु बढि बिदेशीएकाे बताउनुभयाे ।
उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण किरण गौतमले गर्नुभएकाे थियाे।