दंगीशरण २ का आगलागि पिडीतलाई पालीका द्धारा सहयोग



May be an image of 14 people and Saqsaywaman

दंगीशरण गाउँपालिकाले वडा न २ का आगलागि पिडीतहरुलाई सहयोग गरेको छ । हिजो अपरान्ह भएको आगलागि पिडित परीवारलाइ पालीकाले तत्कालका लागी आवस्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा सहितका सामाग्री बितरण गरेको हो ।

हिजो अपरान्ह दंगीशरण गाउँपालिका वडा न २ निवासी गिता कुमारी बिक तथा मिन प्रसाद बिकको घर बिधुत तार सर्ट हुदा पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागि बाट करीव ७ लाख बरावरको क्षती भएको अनुमान गरीएको छ ।

May be an image of 2 people, fog and tree

गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वलि खड्का सहितको टोलि घटनास्थल पुगी चामल १ क्वीन्टल ,दाल १ लम्बर ,नुन ५ केजि, बलान्केट २ वटा, झुल ३ वटा, बाटा ३ वटा बाल्टी २ वटा, टी फम ३ पिस, मग २ , टबेल २ वटा, खाट २ वटा, डसना २ वटा, तकिया ३ वटा, नुन ,बेसार, सोयाविन, खुर्सानि, खाने तेल गरी करीव २५ हजार बरावरको सामाग्री हस्तान्तरण गरीएको प्रेस संयोजक प्रमोद आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्