बबईमा भएको जिप दुर्घटनाका घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते ६ जना मध्य चार जनालाई थप उपचारका लागि बाँके रिफर गरिएको छ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारकाबबई गाउँपालिका – १ का ४५ बर्षीय जितबहादुर बुढाको मृत्यु भएको छ । चिकित्सकले उनलाई पौने १२ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनाका घाइते मध्य चालक बबई – १ का ४७ बर्षीय लोकबहादुर राना, स्थानीय ५० बर्षीय जोकबहादुर बुढा, स्थानीय ३२ बर्षीया संगिता बुढा र सल्यान जिल्लाको शारदा नगरपालिका – ९ की ५० बर्षीया नन्दकली थापालाई तुलसीपुरबाट थप उपचारका लागि नेपालगंज नर्सिङ होममा पठाइएको छ । घाइते मध्य चालक राना र जोकबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
घाइते मध्य बबई – १ की ४० बर्षीया बन्दना बुढाको तुलसीपुरमा उपचार भइ रहेको छ ।
बबई – १ की स्थानीय १७ बर्षीया तारा सारु भने उपचार पछि घर फर्कि सकेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार जिल्लाको बबई – १ गंगटेबाट तुलसीपुर बजार तर्फ आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप उकालोमा चढ्न नसकेर ब्याक भइ दुर्घटना भएको थियो । जिप अन्दाजी ३५ मिटर तल खसेको उहाले जानकारी दिनुभयाे । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ ।